आत्महत्या गर्ने बढे

७ बर्ष अगाडि

काठमाडौँ-मानसिक स्वास्थ्यप्रति आवश्यक नीति, योजना र कार्यक्रम नहुँदा नेपाली समाजमा आत्महत्या गर्ने क्रम बढेको पाइएको छ । गत वर्ष पाँच हजार ३४६ जनाले आत्महत्या गरेका थिए भने सोभन्दा अघिल्ला वर्षमा चारहजार ९०० ले आत्महत्या गरेका थिए । १९ देखि २९ वर्षका मानिसको मृत्युका प्रखुम कारण सडक दुर्घटना भए पनि दोस्रो ठूलो कारण भने आत्महत्या हुने गरेको छ । 
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा नेपालमा वार्षिक ५ हजार जनाले वार्षिक आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक गर्दै त्यसलाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्यमा उपयुक्त नीति, योजना र कार्यक्रम आवश्यक भएको बताइयो । 
डा. बासुदेव कार्कीले पछिल्लो तथ्यांक प्रस्तुत गर्दै बालबालिका तथा महिलामा हरेक ५ मा एक जना र अन्य व्यक्तिमा हरेक ४ मा एक जना मनोसामाजिक समस्याबाट पीडित रहेको जानकारी दिनुभयो ।  गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया