शेयर बजारका लागि २०२० उत्साहपूर्णः ९२१ अंकले बढ्यो नेप्से, परिसुचकमा नयाँ रकेर्ड कायम

५ बर्ष अगाडि

काठमाडौं – बर्ष २०२० शेयर बजारका लागि अन्त्यन्त उत्साहपुर्ण देखिएको छ । बिशेषगरि कोरोना भाइरसका कारण यस बर्ष नेपालका अधिकांश क्षेत्र निकै प्रभावित भए । तर, शेयर बजार भने यही बर्ष नै अल्टाइम हाई विन्दुमा पुगेर नयाँ रकेर्ड राखेको छ । 
बर्षको अन्तिम दिन अर्थात् डिसेम्बर ३१ तारिख मै हालसम्म कै उच्च विन्दुमा पुगेर नेपाली शेयर बजार बन्द भएको छ । डिसेम्बर ३१ मा नेपाली शेयर बजार २०८७.२७ विन्दुमा पुगेको छ, जुन हालसम्म कै उच्च हो । समग्रमा नेपाली शेयर बजारले बर्षको अन्तिम दिन नयाँ रकेर्ड कायम गरेर बर्ष २०२० लाई विदाई गरेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार बर्ष २०२० नेपाल शेयर बजार ९२१.२४ अंकले बढेको छ । २०२० जनवरी १ तारिखमा ११६६.०३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो । त्यसदिनदेखि नेपाली शेयर बजार निरन्तर बढ्दै गएको देखिन्छ । सो क्रममा मार्च १ तारिखमा नेप्सेको परिसुचक १६२०.२७ विन्दुमा पुगेको थियो । त्यसपछि कोरोनाको कहर सुरु भयो र नेपालमा लकडाउन लगाइएको थियो । त्यस समयमा शेयर बजार पनि बन्द गरिएको थियो । तर, केही समयपछि शेयर बजार खुल्ला गरियो  । तर, लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको अवस्थामा लगानीकर्ता हतोउत्साहित भए र बजारमा लगानी गर्न चाहेनन् । फलस्वरुप लकडाउनपछि खुलेको शेयर बजार ह्वात्तै घट्यो । त्यसक्रममा जुन २९ मा शेयर बजार ११७८.१५ विन्दुसम्म झरेको थियो । 
तर, त्यसपछि भने शेयर बजार निरन्तर बढ्दै गएर बर्षको अन्तिम दिन हालसम्म कै उच्च विन्दुमा पुगेर बन्द भएको छ । बर्षको अन्तिम दिन नेपाली शेयर बजार २०८७.२७ विन्दमा पुगेको छ, जुल हालसम्मकै उच्च हो । बिशेषगरि पछिल्लो समय नेपाली शेयर बजार बुलिस ट्रेन्डमा नै अगाडि बढेको शेयर बजारका जानकार व्यक्तिहरु बताउछन् । डिसेम्बर ३१ मा नेपाली शेयर बजार २११२.५९ विन्दुमा नै पुगेको थियो । तर, कारोबारको अन्तिम समयसम्म आउँदा नेप्से उक्त विन्दुमा झरेको हो ।
नेप्सेको तथ्याकअनुसार नै यो बर्ष शेयर बजारको लागि उत्साहपुर्ण भएको देखिन्छ । यो बर्ष दैनिक शेयर कारोबार पनि हालसम्म कै बढी अर्थात् ९ अर्ब भन्दा बढी भएको छ । समग्रमा बर्ष २०२० शेयर बजारका लागि उत्साहपूर्ण देखिएको जानकारहरु बताउछन् ।


५ बर्ष अगाडि

प्रतिक्रिया