काठमाडौं - यसअघि आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणलाई पनि शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही पुस २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आज एक सुचना जारी गर्दै यस सम्बन्धमा जानकारी दिएको हो। कम्पनीले सर्वसाधारण्लाई १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
त्यसमा ६१ हजार ३६४ कित्ता शेयर कर्मचारी र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाइएको छ । त्यो अनुसार सर्वसाधारणले १३ लाख ९६ हजार २२ कित्ता शेयरमा आवेदन दिन सक्नेछन् । लगानीकर्ता न्यूनतम १० कित्तासम्म आवेदन दिन सक्ने बताइएको छ । बढीमा भने सबै कित्तामा आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओको निष्काशन छिटोमा पुस २८ र ढिलोमा ९ गतेसम्ममा खुल्ला गरिने छ । यो आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ५३ करोड ४० पुग्ने बताइउको छ ।
उक्त कम्पनीको शेयर बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको बताइएको छ ।
उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १८ लाख कित्ता बराबरको आईपीओ अनुमति लिएको थियो । त्यसमा स्थानीयलाई बिक्री गरेर कम्पनीले यतिका आईपीओ सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो ।
यस कम्पनीले काठमाडौं चन्द्रगिरी डाडामा केबलकार सञ्चालन गरेको छ ।
प्रतिक्रिया