समायोजनपछि ह्वात्तै घट्यो हिमालयन डिस्टीलरीको शेयर मुल्य, यस्तो छ नयाँ मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं – मुल्य समायोजनपछि हिमालयन डिस्टीलरीको शेयर मुल्य ह्वात्तै घटेको छ । यसअघि कम्पनीको शेयरमुल्य प्रतिकित्ता ५२८० रुपैयाँ थियो । तर, मुल्य समायोजनपछि कम्पनीको शेयर मुल्य ३५२० रुपैयामा झरेको छ । 
नेपाल स्टक एक्सचेन्जले आज उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको थियो । त्यसपछि कम्पनीको नयाँ शेयर मुल्य कायम गरिएको हो । 
कम्पनीकाले यही पुस २९ गते बार्षिक साधारण सभा गर्दै छ । सोही प्रयोजनका लागि कम्पनीको  आजदेखि  बुक क्लोज भएको छ । त्यसपछि नेप्सले मुल्य समायोजन गरेको हो । गत आवको नाफाबाट कम्पनीले शेयरधनीलाई ५० प्रतिशत बोनस सहित कुल १० प्रतिशत लाभांश वितरण गर्दै छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया