काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार १२ कम्पनीहरुको शेयर मुल्य समायोजन गरेको छ । कम्पनीहरुले साधारण सभाका लागि बुक क्लोज गरेपनि नेप्सेले आज नै उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।
उक्त कम्पनीहरुमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागी जनाउन पाउने छन् । साथै, उक्त कम्पनीहरुको लाभांशको पनि हकदार हुने बताइएको छ ।
मुल्य समायोजन हुने कम्पनीमा लक्ष्मी बंक रहेको छ । नेप्सेको उक्त कम्पनीको नयाँ शेयर मुल्य प्रतिकित्ता २६२ रुपैयाँ तोकेको छ । यसअघिको कम्पनीको शेयर मुल्य २८६ रुपैयाँ थियो ।
उक्त कम्पनीले आगामी पुस २८ गते साधारण सभा गर्दैछ । कम्पनीले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । साथै, २.५० प्रतिशत नगद लाभांश दिने बताइएको छ ।
यस्तै, मेगा बैंकको पनि मुल्य समायोजन गरिएको छ । नेप्सेले उक्त कम्पनीको नयाँ शेयर मुल्य रु २५० कायम गरेको छ । यस अघि उक्त बैंकको शेयर मुल्य प्रतिकित्ता २७५ रुपैयाँ थियो ।
यस बैंकले पुस २९ गते बार्षिक साधारण सभा गर्दै छ । कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश दिदैं छ ।
यस्तै, हिमालयन डिस्टीलरीको पनि शेयर मुल्य समायोज भएको छ । कम्पनीको शेयर मुल्य ५२८० रुपैयाँबाट ३५२० रुपैयाँमा समायोजन गरिएको हो । कम्पनीले यही पुस २९ गते साधारण सभा गर्दैछ । गत आवको नाफाबाट कम्पनीले ५० प्रतिशत बोनस सहित कुल १० प्रतिशत लाभांश वितरण गर्दै छ ।
प्रतिक्रिया