काठमाडौं-अहिलेसम्मको रेकर्ड तोड्दै बिहीबार शेयर कारोबार सूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
यसअघि कायम भएको रेकर्ड तोड्दै बिहीबार नेप्से सूचक २०८७.२८ विन्दुमा उक्लिएको हो । गत मंसिर १७ गते २०७१ अंकमा पुगेको नेप्सेको शेयर कारोबारमा यो नयाँ किर्तिमान हो।
गएको एक महिनाको अवधिमा कारोबारमा केही करेक्शन आएको बजारमा बिहीबार नयाँ उचाइमा पुगेको छ ।
गत साताको बुधबार नेप्सेले इन्ट्रा डे कारोबारमा २१२७ को अलटाइम हाइ विन्दु टेस्ट गरेपनि बन्द हुने बेलामा भने करेक्सन भएर तल झरेको थियो ।
बिहीबार २०६२.०६ को बिन्दुबाट शुरु भएको कारोबार बन्द हुने बेला २५.२१ अंकले बढेर २०८७.२८ मा पुगेको थियो ।
बिहीबार २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
यस दिन सबैभन्दा धेरै ट्रेडिङ समूह १८७.७३ अंकले बढेको छ । जसमध्ये पनि साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर भाउ १० प्रतिशतले बढ्दा सर्किट लागेको छ ।
कारोबार रकमका हिसावले हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया