पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा संक्रमण पुष्टि,  ४ सय ४७ जना डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।

गत २४ घण्टामा ६ हजार पीसीआर परीक्षण भएको छ। हाल देशभर ६ हजार ३ सय ७८ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५६ पुगेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया