साताको अन्तिम दिन २५.२१ अंकले बढ्यो नेप्से,कारोबार रकम साढे ५ अर्बमाथि

५ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सेन्ज (नेप्से) साताको अन्तिम दिन २५.२१ अंकले बढेको छ ।

आज कारोबारको सुरुवातबाट नै हरियोमा कायम नेप्से परिसुचक अन्तिम समयसम्म आइपुग्दाँ १.२२ प्रतिशतले बढेको हो । आज कारोबार २०६२.०६ को बिन्दुबाट बढेको हो जुन ३ बजेसम्म आउँदा २०८७.२७ बिन्दुमा पुगेको हो ।

कारोबारमा आएका १२ उपसमुह मध्ये एक उपसमुह भने रातोमा कायम रहेको छ । र्निजीवन बीमा कम्पनि ९६.४३ अंकले 
घटेको हो ।

अन्तिम समयसम्म कारोबारमा आएका २०७ कम्पनिको १ करोड १४ लाख ६४ हजार २०० कित्ता शेयर ५० हजार ३८६ खरिद बिक्री हुदाँ ५ अर्ब ७०  करोड ३४ लाख बराबरको कारोबार  भएको छ ।

यस्तै कारोबारमा आएका कम्पनिमध्ये हिमालयन डेस्टिलेरी लिमिटेडले ४६ करोड ८८ लाख  १८ हजार बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।    
 

५ बर्ष अगाडि

प्रतिक्रिया