जनताले चुनेका १५ सांसद मुख्यमन्त्रीको एउटा पत्रले एकैपटक निलम्बन

५ बर्ष अगाडि

काठमाडौं । सांसदहरुले अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् । 

संसदीय दलको बैठकले आफूलाई हटाएर संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेपछि राईले संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन नपाउनेगरी १५ जनालाई निलम्बन गरेका हुन् । 

राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको आरोप उनीहरुमाथी लगाएका छन् । 

निलम्बनमा परेका सांसदहरुमा भीमप्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहाङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।

नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई बिहीबार निलम्बन गरिएको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया