मर्जरमा जान शेयर कारोबार रोक्का गरेको नाडेप लघुवित्तको आज कारोबार भएको छ ।
कम्पनीले हिजो डिप्रोक्स लघुवित्तसगँ मर्जरमा जान सम्झौता गरेसँगै आजबाट कारोबार रोक्का हुने बताइएको थियो ।
तर रोक्का भइसकेको कम्पनीको नप्सेको फ्लोरसिटमा १०० कित्ता शेयर कारोबार भएको देखिएको छ।
उक्त शेयर कारोबार भएपछि लघुवित्तको शेयरमूल्य झण्डै ५ प्रतिशतले बढेको समेत देखिएको छ ।
उता, नेप्सेले भने पुरानो अर्डरमा म्याचिङ भएको कारणले कारोबार भएको देखिएको जनाएको छ ।
प्रतिक्रिया