काठमाडौं । लुम्बिनी सुगर मिलका सञ्चालक प्रहरीले मनोज अग्रवाललाई पक्राउ गरेको छ ।
उखु किसानको ९ करोड बक्यौता नतिर्ने अग्रवाललाई पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मनोजित कुँवरले बताए ।
अग्रवाललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा उपस्थित गराईने पनि कुँवरले जानकारी दिए ।
मिल बिरुद्ध बिरुद्ध सुनवलका चारजना उखु किसानले जाहेरी दिएपछि अदालतबाट पक्राउ अनुमति जारी भएको छ ।
यो अबस्थामा उनीसँग केही कुरा बुझ्नुपर्ने भएको हुनाले बीरगञ्जबाट बोलाईएको पश्चिम नवलपरासीका एसपी अजय केसीले बताए ।
मिलले उखु किसानलाई ९ करोड रुपैयाँ तिर्न बाँकी रहेकोमध्ये एक करोड ३६ लाख रुपैयाँ बैंक खातामा जम्मा गरेको छ ।
पारिवारिक विवादका कारण भाउजु सुनिता गोयलको नाममा रहेको खाताको दुई करोड रुपैयाँ रोक्का रहेको अग्रवालले बताउँदै आएका थिए ।
प्रतिक्रिया