काठमाडौं , नेपाल स्टक एक्सेन्ज (नेप्से) बिहिबार कारोबारको पहिलो घण्टासम्म आउँदा दोहोरो अंकले बढेको छ । आज कारोबारको सुरुवातबाट नै उकालो लागेको हो ।
आज कारोबार सुरु भएको १ घण्टामा २८.१३ प्रतिशतले बढेर २०९०.१९ को बिन्दुमा पुगेको छ । १२ बजेसम्म आउँदा नेप्से परिसुचक १.३६ प्रतिशतले बढेको हो ।
कारोबार १२ उपसमुहमध्ये २ उपसमुह भने ओरालो लागेका छन् ।
एक घण्टको अवधिमा कारोबारमा आएका १९४ कम्पनिको २० लाख २९ हजार ४८५ कित्ता शेयर १२ हजार २६४ पटक खरिद बिक्री हुदाँ १ अर्ब ४७ करोड ८ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया