नेप्सेमा आजबाट नाडेप लघुवित्तको शेयर कारोबार रोेक्का भएको छ ।
डिप्रोक्स लघुवित्त कम्पनीले नाडेप लघुवित्तलाई गाभ्ने भएको छ ।
हिजो डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्तबीच प्राप्ति सम्झौतामा हस्ताक्षर भएसँगै आजबाट दुई कम्पनीको कारोबार रोक्का भएको हो ।
उक्त सम्झौतामा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका थिए ।
हाल डिप्रोक्स लघुवित्त को चुक्तापूँजी १ अर्ब ५४ लाख रहेको छ भने नाडेपको चुक्तापूँजी ४० करोड ४८ लाख रहेको छ ।
उक्त सम्झौता संगै आजदेखी नाडेपको शेयर कारोबार रोक्का हुने छ ।
प्रतिक्रिया