काठमाडौं , बिहिबार नेपाल स्टक एक्सेन्ज(नेप्से)मा एनएमबी बैंकको शेयर मुल्य समायोजन भएको छ ।
बैंकले बोनस शेयर र नगद लाभांशका लागि आज उक्त शेयर मुल्य समायोजन गरेको हो ।
बैकले गत वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आगामी पुस २९ गते बार्षिक साधारण सभा हुदैछ । त्यसको प्रयोजनका लागि बुक क्लोज भएपछि नेप्सले शेयर मुल्य समायोजन गरेको हो ।
शेयर मुल्य समायोजन पछि बैंकको नयाँ शेयर मुल्य प्रतिकित्ता ३७८ पुगेको छ । यसअघि बैंकको शेयर मुल्य ४२७ रुपैया थियो ।
प्रतिक्रिया