उपत्यकाको तापक्रम शून्यमा झर्यो

५ बर्ष अगाडि

काठमाडौं- आज विहान काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । आज पौने ९ बजे मापन गर्दा तापक्रम  ०.८ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस थियो । महाशाखाका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया