आज १५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदैछन लाभांश ? साधारणसभा कहिले ?

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्जमा १५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

उक्त कम्पनीहरुहरु मध्य २ वाणिज्य बैंक रहेका छन् ।

सबै कम्पनीहरुले साधारणसभा प्रयोजनको लागि पुस १७ गते र एक कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेका हुन् । त्यसैले यी कम्पनीहरुको आज सम्म कायम ग्राहकहरुले मात्र लाभांश पाउनेछन् ।

आज ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश दिन लागेको लक्ष्मी बैंकको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकको साधारणसभा पुस २८ बोलाइएको छ । 

त्यस्तै,  १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद लाभांश दिन लागेको मेगा बैंक, १५ प्रतिशत बोनस र ८.१३ प्रतिशत नगद दिन लागेको लक्ष्मी लघुवित्त, ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश दिन लागेको हिमालयन डिस्टिलरी, ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद दिन लागेको पोखरा फाइनान्स, ८.४ प्रतिशत बोनस र ३.६ प्रतिशत नगद
दिन लागेको गुडविल फाइनान्स, १९ प्रतिशत बोनस र १ प्रतिशत नगद दिन लागेको विजय लघुवित्त, १०.५ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद दिन लागेको आईसीएफसी फाइनान्सले भोली बुकक्लोज गर्दैछ ।

उक्त कम्पनीहरुले पुस २९ गतेलाई साधारणसभा बोलाएका छन् ।

त्यस्तै, १० प्रतिशत बोनस र १५ प्रतिशत नगद दिनलागेको बुटवल पावर, १६.९३९९ प्रतिशत बोनस र ०.८९१६ प्रतिशत नगद दिन लागेका मेरो माइक्रोफाइनान्सले पुस २८ गते साधारणसभा बोलाएका छन् । 

त्यस्तै, ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद दिन लागेको सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा माघ ५ गते हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया