सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ जारी गरेपछि प्रभु लाईफ इन्स्योरेन्सले आगामी आइतबारदेखि शेयर कारोबार गर्ने भएको छ ।
शुक्रबारसम्म जारी गरिएको नयाँ शेयर सूचीकरणको प्रकृया पूरा गरी आइतबारदेखि शेयर कारोबार गर्न गर्न कम्पनीले प्रकृया अगाडि बढाएको हो ।
प्रभुले सर्वसाधारणमा जारी गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर सूचीकरणका लागि कम्पनीले नेप्समा निवेदन दिइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले बताए ।
६० लाख कित्ता आईपीओ बाँडफाँट गरेपछि कम्पनीमा ३० प्रतिशत सर्वसाधारणको र १ करोड ४० लाख कित्ता अर्थात ७० प्रतिशत संस्थापक स्वामित्व रहेको छ ।
कम्पनीले ६० लाख कित्ता मध्ये गोलाप्रथाबाट ५ लाख ४० हजार सर्वसाधारणललाई १० कित्ताका दरले र कर्मचारी तथा सामुहिक लगानी कोषको इकाईलाई बाँकी ६ लाख कित्ता शेयर बाँडफाँड गरेको छ ।
नेप्सेले हरेक कम्पनीलाई धितोपत्रको दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम कम्पनीको नेटवर्थ बराबर र अधिकतम नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।
आर्थिक वर्ष २०७५र७६ को लेखापरीक्षण सम्पन्न भएको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.५६ रुपैयाँ रहेको छ ।
यसअनुसार नेप्सेले कम्पनीलाई न्यूनतम १०९।५६ रुपैयाँदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेञ्ज प्रदान गर्नेछ ।
यसअनुसार प्रभुको पहिलो कारोबार अधिकतम ३२८ रुपैयाँमा कारोबार खुल्ने देखिन्छ ।
प्रतिक्रिया