झलनाथ खनाल भन्छन् प्रधानमन्त्री ओली अराजकताको नायक हुन्

५ बर्ष अगाडि

काठमाडौं- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छे भेला गरेर देशमा अराजकता मच्चाएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिस डाडाँमा अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्री ओलीले मान्छेहरुबालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताए।

साथै बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरू मात्रै भेला हुने गरेको र त्यसको नायक भने प्रधानमन्त्री ओली रहेको पनि उनले बताए । 

आफैँले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलात्कार गरेको समेत वरिष्ठ नेता खनालले आरोप लगाए। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया