काठमाडौं- विश्वकै सबैभन्दा लोकप्रिय म्यासेजिङ प्लेटफर्म ह्वाट्सएप कम्पनीले नयाँ वर्ष २०२१ को सुरूवातसँगै आईफोन र एन्ड्रोइड डिभाइसका लागि आफ्नो सेवा बन्द गर्ने भएको छ ।
यसअन्तर्गत फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपले पुरानो अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोनमा काम गर्न रोक्ने भएको छ ।
रिपोर्टका अनुसार आईओएस अब नाइन पछिका सिस्टममा चल्ने एप्पल उपकरणहरूमा मात्र ह्वाट्सएप चल्ने भएको छ । त्यस्तै एन्ड्रोइड ४.०.३ यताका स्मार्टफोनमा मात्र ह्वाट्सएप चल्ने बताइएको छ ।
तर त्यसपछि आएका आईफोन फोर एस, आईफोन फाइभ सी, आईफोन फाइभ एस, आईफोन सिक्स, आईफोन सिक्स एसमा पुराना सफ्टवेयर छन् भने तिनलाई अपडेट गर्न सकिने रिपोर्टमा उल्लेख गरिएको छ ।
गत वर्ष पनि केही स्मार्टफोनका लागि ह्वाट्सएप कम्पनीले सेवा बन्द गरेको थियो ।
प्रतिक्रिया