काठमाडौं- आज सानिमा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
बैंकले पौष १ गतेबाट निष्कासन तथा बिक्री खुला गरेको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्रमा आजसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले निष्काशन गरेको ऋणपत्रमध्ये सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको लागि १०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकलाई नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते सोमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया