काठमाडौं, नेपाल बैंक लिमिटेडको तानसेन पाल्पा शाखाले ६ वटा फर्मलाई २३ लाखको सहुलियतपूर्ण कर्जा दिएको छ। बैंकले तानसेन नगारपालिका वडा नं। १२ नामी कुवाका ६ फर्मलाई एकै दिनमा सहुलियतपूर्ण सो कर्जा उपलब्ध गराएको हो ।
नेपाल बैंक र तानसेन नगारपालिका बीच तानसेन नगारपालिकाको जमानीमा नगरक्षेत्रका युवा, महिला, दलित, शिक्षित बेरोजगार आदिलाई उद्यामशीलतामा सहभागी हुन कर्जा दिने सम्झौता भएको थियो।
सम्झौता अनुसार झिलमिल कृषि फर्म (गोविन्द राना), केजिना कृषि तथा पशुपंक्षी फर्म (गोपाल बहादूर राना), बगाले कृषि तथा पशुपंक्षी फर्म (नल बहादुर बगाले) र पुष्पा पशुपंक्षी तथा कृषि फर्म (पुष्प लुगेली) लाई प्रति फर्म ४ लाख ५० हजार र प्रविन पशुपंक्षी तथा कृषि फर्म (झप कुमारी लुङ्गेलीं) लाई ३ लाख र गायत्री पशुपंंक्षी तथा कृषि फर्म ( गायत्री राना) लाई २ लाख सहुलियत कर्जा उपलब्ध गराउन सम्पूर्ण डकूमेन्टेसनसहित कर्जा सुविधा पत्र दिइएको हो।
ग्रामीण आर्थिक संघ (रेडा) का अध्यक्ष लीला बहादुर कार्कीले लिएको कर्जालाई सही ठाउँमा उपयोग गरेर सहुलियत कर्जाको फाइदा लिई उद्यमशीलताको विकास गर्न किसानहरु लाग्नुपर्ने बताए।
प्रतिक्रिया