काठमाडौं, नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबार सुरु भएको १ घण्टामा १७.९० अंकले बढेर २०३०.७९ को बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचक १२ बजेसम्म आउँदा ०.८९ प्रतिशतले बढेको हो । आज कारोबार ११ बजेबाट २०१२.८९ को बिन्दुबाट सुरु भएको हो ।
कारोबार १७.९० अंकले बढ्दा पनि कारोबारका १२ उपसमुहमध्ये ३ उपसमुह भने रातोमै कायम रहेका छन् । होटल ३.६७ प्रतिशत, विकास बैंक ७.२३ प्रतिशत र हाइड्रोपावर ६.६७ प्रतिशतले ओरालो लागेका हुन् ।
एक घण्टाको अवधिमा कारोबारमा आएका १९० कम्पनिको १५ लाख ३९ हजार ७३१ कित्ता शेयर ८ हजार २६३ पटक खरिद बिक्री हुँदा ८९ करोड ४३ लाख ३३ हजार ९७३ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया