नेप्सेमा ४ बैंकको सेयर मूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं- आज नेपाल स्टक एक्सचेन्जले चार बैंकहरुको मूल्य समायोजन गरेको छ । 

गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न लागेको बोनस सेयरका लागि बैंकहरुले सेयर मूल्य समायोजन गर्न लागिएको हो । 

नबिल बैंक, नेपाल एसबिआई बैंक, कृषि बिकाश बैंक र ग्लोबल र्आइएमी बैंकको सेयर मूल्य समायोज गर्न लागेको बताइएको छ । 

मूल्य समायोजन अघि नबिल बैंकको १३८६ रुपैयाँ, नेपाल एसबिआई बैंकको ४०८ रुपैयाँ, कृषि बिकाश बैंकको ४८८ रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३५० रुपैयाँमा कारोबार भएको थियो । 

अब यी चार वटै बैंकको समायोजित मूल्य अनुसार नबिल १०३८ रुपैयाँ, एसबिआई ३८५ रुपैयाँ, कृषि बिकाश ४२४ रुपैयाँ र ग्लोबल ३०७ रुपैयाँ मूल्यमा सेयर कारोबार हुने भएको छ ।

साथै यी चारै बैंकले आज पुस १५ गते बुकक्लोज गरेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया