काठमाडौं-आठ ओटा विकास बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
आठ बैंक मध्ये मितेरी डेभलपमेण्ट बैंकले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा पुस २७ गते साधारण सभा आयोजना गरेका छ ।
लाभांश वितरण गर्ने प्रस्ताव गरेका ८ ओटा बैकमध्ये तिनाउ मिसन डेभलपमेण्ट र गरिमा विकास बैंकले बाहेक बाँकी कम्पनीले साधारण सभा आयोजना गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले पुस २५ गते साधारण होटल पोखरा पार्दी, पोखरामा साधारण सभा आह्वान गरेको छ भने यस कम्पनीको लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
त्यसैगरी, लुम्बिनी विकास बैंकले पुस २६ गते केन्द्रिय कार्यालय काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । यस कम्पनीको लाभांश पुस १३ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंकले पुस २९ गते आयोजना गरेका छन । शाइन रेसुङ्गाले बैंकको केन्द्रिय कार्यालय रुपन्देहीमा र कामना सेवा विकास बैंकले पार्क भिलेज रिसोर्ट, काठमाडौंमा साधारण सभा बोलाएका हुन् ।
कामना सेवा विकास बैंक र शाइन रेसुङ्गाको लाभांश पाउनका लागि शेयरधनीले बुधवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । कम्पनीको गत वर्षको र यस वर्षको प्रस्ताव गरेको लाभांश तल देखाइएको छ ।

प्रतिक्रिया