काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा माघ ८ गते बिहीवार गर्ने भएको छ । । पुस १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि पुस २२ गतेदेखि साधारणसभा नभएसम्म बैंकको शेयर दाखिल दर्ता बन्द (बुक क्लोज) रहने छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा पुस २१ गतेसम्म कारोबार भई पुस २७ गते भित्र बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त भएको नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयररधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
प्रतिक्रिया