काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार ११ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ।
कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
हिजोसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
यस दिन ४ विकास बैंक, ४ लघुवित्त कम्पनी, २ फाइनान्स कम्पनी र १ जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

प्रतिक्रिया