गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

५ बर्ष अगाडि

काठमाडौ, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनिको  ५ दशमलव २५ प्रतिशत बोनस शेयर पुस १४ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो  ।

कम्पनीको उक्त बोनस शेयर वापतको ९ लाख ८५ हजार ४४६ कित्ता शेयर सूचीकृत भएको हो । पुस १५ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया