काठमाडौं,मंगलबार नेपाल स्टक एक्सेन्ज (नेप्से) कारोबारको पहिलो घण्टामा दोहोरो अंकले बढेको छ ।
आज कारोबारको सुरुवातबाट नै उकालो यात्रातय गरेको नेप्से परिसुचक एक घण्टाको अवधिसम्म आउँदा १४.६६ अंकले बढेर २०२१.९८ को बिन्दुमा पुगेको छ । १२ बजेसम्म नेप्से ०.७३ प्रतिशतले उकालो लागेको हो ।
कारोबारका १२ उपसमुहमध्ये दुई उपसमुह घटेका छन् । होटेल १३.८७ प्रतिशतले र हाइड्रोपावर ९.७८ प्रतिशतले ओरालो लागेका छन भने व्यापार सेक्टर आज कारोबारमा आएको छ्रैन् ।
एक घण्टाको अवधिमा कारोबारमा आएका १९५ कम्पनिको ११ लाख ४९ हजार २२४ कित्ता शेयर ७ हजार २५५ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ६८ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया