ओली सरकारविरुद्ध विप्लव,नेकपासहित चारवटा कम्युनिष्ट पार्टीबिच रणनीतिक संयुक्त मोर्चा गठन गर्ने सहमति

५ बर्ष अगाडि

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चारवटा कम्युनिष्ट पार्टीबिच रणनीतिक संयुक्त मोर्चा गठन गर्ने सहमति भएको छ ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा , रिसिराम कट्टेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र विप्लवको पार्टीबिच त्यसका लागि सहमति भएको मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ।

‘केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिवादी राज्यसत्ताविरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी चार पार्टीबीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया