मंगलवार नेप्सेमा ५ कम्पनीहरुको मूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं- मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ ओटा कम्पनीहरुको मूल्य समायोजन भएको छ । नेप्सेले नागरिक लगानी कोष, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू। २ हजार ७८४ तोकेको छ । कम्पनीले पुस २८ गतेदेखि माघ १९ गतेसम्म चुक्तापूँजीको ८२ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ  । सोही प्रयोजनको लागि कम्पनीले मंगलवार बुकक्लोज गरेको हो । 

त्यसैगरी, नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य रू। ५६१ तेकेको छ । कम्पनीले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्न पुस २८ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै , लुम्बिनी विकास बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन पछि नेप्सेले शेयरमूल्य रू। २०४ निर्धारण गरेको छ । कम्पनीको गत कारोबारको दिन रू। २१८ मा अन्तिम कारोबार भएको थियो । 

नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरी प्रतिकित्ता शेयरमूल्य रू। ३३७ तोकेको छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्ने भएको छ ।

त्यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयरको समायोजन पछि प्रतिकित्ता शेयरमूल्य रू। ९८४ कायम भएको छ । कम्पनीको सोमवार कायम शेयरमूल्य रू। १ हजार १७१ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।  कम्पनीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया