नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गर्दै चिनियाँ टोली

५ बर्ष अगाडि

काठमाडौँ – चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग भेटवार्ता गर्दैछ ।

आइतबार नेपाल आएको चिनियाँ टोली नेकपाका नेताहरुसँगको भेटपछि चिनियाँ टोलीले कांग्रेस सभापति देउवालाई भेट्न लागेको हो ।

बिहान साढे १० बजे देउवालाई भेट्न चिनियाँ टोली उनको निवास बुढानिलकण्ड पुग्ने बताइएको छ । । बुढानिलकण्डमा देवासहित कांग्रेसका अरु केही नेतासँग पनि चिनियाँ टोलीले वार्ता गर्ने जनाइएको छ ।

चिनियाँ टोलीले आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । सोमबार सो टोलीले विभाजित नेकपाको (प्रचण्ड–नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेको हो ।

यस्तै मंगलबार नै चिनियाँ टोलीले पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई तथा सभामुख अग्नि सापकोटासँग पनि भेटवार्ता गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया