साओमीलको फ्ल्यागशिप सिरिज मि इलाभेन बजारमा सार्वाजिक

४ बर्ष अगाडि

काठमाडौं, स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्ना मि सिरजको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोनको रुपमा आफ्नो फ्ल्यागशिप सिरिज मि इलाभेन बजारमा ल्याएको हो ।

मि सिरिजको  स्मार्टफोन साओमी एमआईयूआई १२.५ ओएसमा चल्नेछन् । 

साओमी मि इलाभेनको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य  (७१ हजार ७८२ रुपैयाँ) राखिएको छ । त्यस्तै ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मि इलाभेनको (७७ हजार १६७ रुपैयाँ) छ ।

यसैगरी १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४,६९९ युआन (८४ हजार ३४७ रुपैयाँ) रहेको छ । कम्पनीका यी स्मार्टफोन स्ट्याण्डर्ड ह्वाइट, ब्लू र ब्ल्याक कलर भेरियन्टमा बजारमा उपलब्ध हुनेछ ।

साओमी मि इलाभेनमा ६।८१ इन्च तथा ३२०० बाई १४४० रेजोलुसन भएको एमोलेड क्यूएचडी प्लस स्क्रिन प्यानल राखिएको छ । जसको रिफ्रेश रेट १२० हर्ज तथा टच स्याम्पलिङ रेट ४८० हर्ज रहेको छ ।

मि सिरिजमा फाइभजी सपोर्ट गर्ने क्वालकम स्नापड्रागन ८८८ चिपसेट राखिएको छ । फोनमा पावरका लागि ४६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

जसले ५५ वाट वायर्ड फास्ट चार्जिङ तथा ५० वाट वायरलेस फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट गर्दछ । साओमी मि इलाभेनमा हार्मन तथा कार्डन साउन्ड ट्युनिङका साथै स्टेरियो स्पिकर समेत राखिएको छ ।

यसमा पछाडि भागमा तीन वटा क्यामेराको सेटअप रहेको छ भने अगाडि भागमा सेल्फीका लागि सिंगल पञ्चहोल क्यामेरा दिइएको छ । यसको पछाडि भागमा १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ ।

फोनमा माइक्रो एसडीका लागि कुनै स्लट अनबोर्ड गरिएको छैन । यसको मतलव खरिद गरिसकेपछि यसमा थप स्टोरेजका लागि कुनै विकल्प हुने छैन ।

यस अलावा पछाडि भागमा लेदर फिनिससँगै स्मोक पर्पल तथा मट्याइलो खैरो कलर भेरियन्टमा समेत यी स्मार्टफोन खरिद गर्न सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया