सोमबार नेप्सेमा ८.५७ अंकको वृद्धि , ३ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक सोमबार ८.५७ अंकले बढेको छ ।

आज ११ बजे १९९८.७२ बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ०.४३ प्रतिशतले बढेर २००७.२९ बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमध्ये ३ उपसमुह भने  ओरालो लागेका छन् । व्यापार ४८.६५ प्रतिशत, होटल १०.२९ प्रतिशत र अन्य ०.९८  प्रतिशतले घटेको छ ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २१४ कम्पनिको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर ३६ हजार २४५ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ८५ करोड ३ लाख बराबरको कारोबार भको छ ।

यस्तै नेपाल जीवन बीमा कम्पनिले ५ लाख २५ हजार ८०२ कित्ता शेयर १ हजार ८१७ पटक खरिद बिक्री हुदाँ ३४ करोड ९१ लाख ८० हजार बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया