हिजो धितोपत्र बोर्डबाट नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले आइपीओ निष्काशनको अनुमति पाएको छ ।
बोर्डले अन्तिम स्वीकृति दिएसगैँ अब बैंकको आइपीओ कहिले निष्काशन होला भन्ने चर्चा पनि सुरु भएको छ ।
कम्पनीले यस अघि मंसिर ८ गते धितोपत्र बोर्डमा आईपीओ स्वीकृतिका लागि निवेदन दिएको थियो भने बोर्डले १ महिनामै सबै प्रक्रिया पूरा गरेर बैङ्कलाई निष्काशनको अनुमति दिएको हो ।
अब बैंकले छिट्टै ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।
बैंकले जारी पुँजीको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेको हो ।
हाल बैंकको जारी पूँजी २० अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १२ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
कति आवेदन दिँदा ठिक
कम्पनीले जारी गर्न लागेको आइपीओ नेपालमा अहिले सम्मकै ठूलो आइपीओ हो । उक्त आइपीआमा आवेदन दिने सबैले शेयर पाउने लगभग पक्का नै छ ।हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या २३ लाख भन्दा धेरै रहेको छ भने आइपीओमा सहभागिता देखाउने डिम्याटको संख्या १० लाखभन्दा धेरै छ ।
यस अघि खुलेको प्रभु लाइफको सेयरमा १० लाख ४४ हजारको आवेदन परेको थियो । जसमा ५ लाख ५४ हजारले मात्रै १० कित्ता शेयर पाएका थिए । निफ्राले भने ८ अर्ब बराबरको आइपीओ ल्याउदेँछ जसमा १० कित्ता मात्रै आवेदन दिदाँ पनि ८० लाख आवेदकले शेयर पाउने पक्का छ । नेपालमा ८० लाख आवेदक भने छैनन् ।
प्रभु लाइफको आइपीओमा आवेदान दिएका आवेदकको संख्या १० लाख ४४ हजारमात्र रहेको छ । बैंकको आइपीओ आउने बेला सम्ममा आवेदकको संख्या धेरै बढे १२ लाख पुग्ने देखिन्छ ।
उक्त संख्यालाई आधार मान्दा जस बैंकको आइपीओमा प्रति आवेदक ६६ देखि ७० कित्ता सम्म शेयर पर्ने सम्भावना प्रवल छ । तर, उक्त आइपीओमा बति शेयर पर्ला भन्ने आवेदकले दिने आवेदनमा पनि भर पर्ने देखिन्छ ।
धेरैले निफ्रालाई पुनर्बीमा कम्पनीसँग समेत तुलाना गर्न थालेका छन् । यस बैङ्कको प्रतिसेयर नेटवर्थ १ सय १३ रुपैयाँ रहेको छ जुन नेपाल पुनर्बीमा कम्पनी हारहारी रहेको छ ।
यही हाराहारीमा प्रतिसेयर आम्दानी रहेको पुनर्बीमा कम्पनीको मूल्य १ हजार ८ सयसम्म पुगेको छ ।
त्यसैले यो पनि त्यस्तै हुन्छ कि भन्ने अनुमान समेत बजारमा छ ।
तर, निफ्रालाई पुनर्बीमा कम्पनी भन्दा जोखिम कम हुने देखिन्छ । अहिले पनि निफ्रालाई पुनर्बीमा कम्पनीको जस्तो एकाधिकार छैन ।
पुनर्बीमा कम्पनीले जम्मा १६ प्रतिशत मात्रै आईपीओ निष्कासन गर्यो, यो १ करोड ६० लाख कित्ता हो । इन्फास्ट्रक्चर बैङ्कले ४० प्रतिशत अर्थात् ८ करोड कित्ता सेयर निष्कासन गर्दैछ । आपूर्तिको आधारमा यो तुलनात्मक रुपमा धेरै हो । यसैले पनि पुनर्बीमाको सेयरमूल्यसँग यसको तुलना गर्न कठिन हुन्छ ।
प्रतिक्रिया