कारोबारको पहिलो घण्टा : नेप्सेमा ५.३७ अंकको गिरावट, कारोबार रकम १ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक सोमबार कारोबारको पहिलो घण्टाको अन्तिम समयसम्म आउँदा ५.३७ अंकले घटेको छ ।

कारोबार सुरु भएको लगभग ४५ मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से १२ बजेसम्म आउँदा ०.२७ प्रतिशतले घटेर १९९३.३५ को बिन्दुमा झरेको छ ।

कारोबारका १२ उपसमुहमा ४ उपसमुह भने बढेका छन् । जसमा हाइड्रोपावर २.४५ प्रतिशत, फाइनान्स ४.५९ प्रतिशत,जीवन बीमा १३.३२ प्रतिशत र माइक्रोफाइनान्स १.८५ प्रतिशतले बढेको छ ।

यस्तै १ घण्टाको अवधिमा कारोबारमा आएका १८७ कम्पनिको १४ लाख ६६ हजार ६११ कित्ता शेयर ९ हजार ७ पटक खरिद बिक्री हुँदा ९४ करोड ९८ लाख ८३ हजार बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया