नेपाली राजनीति र कर्मचारीतन्त्रमा ठूलो पहुँच भएका सहदेव कक्षपति जेल गए

५ बर्ष अगाडि

काठमाडौं । नेपाली राजनीतिका उच्च तहका नेताहरु र उच्च तहका कर्मचारीसँग उठबस गर्ने सहदेव कक्षपतिलाई थुनामा पठाइएको छ ।

चेक अनादर मुद्दामा कक्षपति फरार थिए । २ करोड ७० लाख बिगो मागदावी गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई ३ महिना कैद र ३ हजार जरिवाना हुने फैसला गरेको थियो ।

शनिवार पक्राउ गरिएका कक्षपतिलाई अदालतको आदेशले डिल्लीबजार कारागारमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९डिएसपी० प्रमेश विष्टले रातोपाटीलाई बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँले पक्रेर उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो । जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई थुनामा पठाइएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया