सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, बोनस शेयर कति ?

५ बर्ष अगाडि

काठमाडौं, सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यस अनुसार फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ १३ पैसा बराबरको बोनस शेयर र २ करोड ४७ लाख १ हजार ९३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।


नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

५ बर्ष अगाडि

प्रतिक्रिया