आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ।
दुवै कम्पनीको लाभांश तथा साधारण सभा प्रायोजनका लागि बुकक्लोज भएसँगै नयाँ शेयरमूल्य कायम भएको हो ।
नेप्सेले मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ भने सानिमा माई हाइड्रोपावरको १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता ३०७ रुपैयाँ कायम गरेको छ।
उक्त बोनस प्रस्ताव पारित गर्नका लागि कम्पनीले का लागि सानिमा माइले पुस २३ गते साधारण सभा डाकेको छ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले पुस २५ गते आफ्नो साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया