आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- आज (सोमबार) तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

यी तीन कम्पनीले पुस १४ गते (भोली)बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले नागरिक लगानी कोषको हकप्रद तथा लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको लाभांश प्राप्त गर्न सक्नेछन्।

लुम्बिनी विकास बैंकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा बोलाएको छ ।

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा गर्ने भएको छ ।

त्यस्तै, एनएमबि लघुवित्तले हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभाको आह्वान गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया