‘विप्लव’ नेतृत्वको नेकपा र प्रहरीबीच गोली हानाहान

५ बर्ष अगाडि

संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र   नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

विशेष सुराकीका आधारमा सो पार्टीका कार्यकर्ता बसेको ठाउँमा  प्रहरी पुगेपछि दोहोरो गोली हानाहान भएको हो । 

जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको प्रहरीले जनाएको छ ।  त्यसपछि जवाफी फायरिङ गरेको प्रहरीको दावी छ । 

विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले बतायो ।

५ बर्ष अगाडि

प्रतिक्रिया