शीतल निवास पुग्यो चिनियाँ टोली

५ बर्ष अगाडि

काठमाडौं- नेपाल भ्रमणमा रहेको चिनियाँ उपविदेशमन्त्री सहितको टोली शितलनिवास पुगेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास प्रवेश गरेका हुन् ।

आज मात्र नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए । 

सो टोलीले नेपालमा राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहित अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

संसद विघटन गरेपछि प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ ।  उता सोही कारणले नेकपामा विग्रह आएको छ । नेकपा दुई चिरामा विभाजन भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया