साताको पहिलो झन्डै ४० अंकले घट्यो नेप्से , कारोबार रकम साढे ४ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौ, साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म पनि रातोमा नै कायम रहेको छ । 

कारोबाको सुरुवात देखि नै ओरालो यात्रामा रहेको नेप्से ३ बजेसम्म आइपुग्दाँ  ३९.९८ अंकले घटेको छ । कारोबार सुरु भएको ४ घण्टाको अवधिमा १.९६ प्रतिशतले घटेर परिसुचक १९९८.६५ को बिन्दुमा पुगेको हो ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये होटल्स समूहको परिसूचक सबैभन्दा बढी ४.६८  प्रतिशतले घटेको छ ।यस्तै सेन्सेटिभ पनि अन्तिम समयसम्म ५.३३ प्रतिशतले घटेर ३८१.४३ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०४ कम्पनिको ७९ लाद ३३६ हजार ४९७ कित्ता शेयर ४१ हजार २८१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४७ करोड ४१ लाख ६४ हजार बराबरको करोबार भएको छ । 

यस्तै आज कारोबारमा आएका २०४ कम्पनिमध्ये नेपाल जीवन बीमा कम्पनिकोे ४ लाख ३० हजार ४५७ कित्ता शेयर २ हजार ९६५ पटक खरिद बिक्री  हुँदा ६७ करोड ५७ लाख ४३ हजार बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।

नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिसन दर घटाएपछिको पहिलो दिन नै नेप्सेमा राताम्मे छाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया