आजदेखि लागु भएकाे नयाँ ब्रोकर कमिशन : कसले कति पाउने ?

५ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले  घटाईएको सेयर दलालले लिंदै आएको ब्रोकर कमिशन कमिशन दर आजबाट लागु भएको हो । गत शुक्रबार  ६० प्रतिशत सम्मले घटाउने निर्णय गरेको कमिसन आज पुस १२ गतेदेखि लागु भएको छ ।

ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी घटाईएको हो ।

यस्तो छ नयाँ ब्रोकर कमिशन । 

१.संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शुल्क वापत लिन पाउने सेवा शुल्क:

(क) रु. ५०,०००।– सम्मको कारोवारमा                                           – ०.४० प्रतिशत

(ख) रु. ५०,०००।– भन्दा माथि रु. ५,००,०००।– सम्मको कारोवारमा   – ०.३७ प्रतिशत

(ग) रु. ५,००,०००।– भन्दा माथि रु. २०,००,०००।– सम्मको कारोवारमा  – ०.३४ प्रतिशत

(घ) रु. २०,००,०००।– भन्दा माथि रु. १,००,००,०००।– सम्मको कारोवारमा       – ०.३० प्रतिशत

(ङ) रु. १,००,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा           – ०.२७ प्रतिशत

२.नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा सस्थागत ऋणपत्रको खरिद बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः

(क) रु. ५,००,०००।– सम्मको कारोवारमा         – ०.१० प्रतिशत

(ख) रु. ५,००,०००।– भन्दा माथि ५०,००,०००।– सम्मको कारोवारमा – ०.०५ प्रतिशत

(ग) रु. ५०,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा                  – ०.०२ प्रतिशत

३.माथि क्र.स. १ र २ मा उल्लेखित धितोपत्र बाहेक सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क:

(क) रु. ५,००,०००।– सम्मको कारोवारमा              – ०.१५ प्रतिशत

(ख) रु. ५,००,०००।– भन्दा माथि ५०,००,०००।– सम्मको कारोवारमा      – ०.१२ प्रतिशत

(ग) रु. ५०,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा                      – ०.१० प्रतिशत

तर धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क रु.१० भन्दा घटी हुने छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया