नेकपा विभाजित भइरहेको बेला चिनियाँ कम्युनिष्ट पार्टीको टोलि काठमाडौँमा

५ बर्ष अगाडि

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार नेपाल आइपुगेको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली काठमाडौं आइपुगेको हो । 

साथै चिनियाँ उच्च तहका नेताको नेतृत्वमा एक टोली दिउँसो सवा एक बजेतिर एअर चाइनाको चार्टड जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको स्रोतले जनाएको छ । 

चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यद्यपि उपमन्त्री गुओसहित चार जनाको टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा प्रतिनिधि सभा भङ्ग भएसँगै नेकपा विभाजित भएकोबारे चीनले चासोका साथ हेरिरहेको छ ।    

५ बर्ष अगाडि

प्रतिक्रिया