काठमाडौ, गुगलको भिडियो कम्युनिकेसन सेवा 'गुगल डुओ' र 'मिट' मा सन् २०२० दस खर्ब मिनेटभन्दा बढी भिडियो कल भएको छ।
गुगलको यी दुई भिडियो कलिङ प्लेटफर्ममा यो वर्षभित्र विश्वव्यापी रूपमा दस खर्ब मिनेटभन्दा बढी भिडिओ कल भएका हुन्।
कोरोना कहर संगै विश्वव्यापी बन्दका कारण पनि सबैजना घरमै बसेर भिडिओ कल मार्फत काम गर्ने र पढ्ने भएकाले गुगल भिडियो कलिङ प्लेटफर्मको प्रयोग एकदमै बढेको कम्पनीले आफ्नो ब्लग पोस्टमा लेखेको छ।
गुगल एप प्रयोगकर्ताको संख्या हरेक दिन दस करोडले बढेको छ। यो वर्षको तेस्रो त्रैमासिकसम्म करिब २० करोड मिलियन यसका प्रयोगकर्ता रेका थिए ।
सन् २०२१ मार्च ३१ बाट भने गुगल मिटको समय अवधि असिमित हुने बताइएको छ। जसले गर्दा छुट्टिका बेला सबै घरमै बसेर परिवारसँग मज्जाले लामो भिडियो कल गर्न सक्ने टेक हिन्दुस्तानको भनाइ छ।
प्रतिक्रिया