काठमाडौँ उपत्यकामा  पुस १४ गते दाहाल नेपाल पक्षकोआमसभा

५ बर्ष अगाडि

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल पक्षले काठमाडौं उपत्यकामा पुस १४ गते आमसभा गर्ने लागेको छ । संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले राजधानीको भृकुटीमण्डपमा आमसभा गर्न लागेको हो।

आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विभिन्न अन्य नेताहरुले सम्बोधन गर्ने छन्  ।

उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेताकार्यकर्ताहरु आमसभामा सहभागी हुने छन्।  

आमसभामा ५० हजारभन्दा बढीको सहभागिता गराइने विद्यार्थी नेता रञ्जित तामाङले बताएका छन् । 

काठमाडौँका विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुनेछ।

५ बर्ष अगाडि

प्रतिक्रिया