मुद्धती खातामा राखेकाे पैसाकाे ब्याज ह्वात्तै घट्यो, एक वर्षकाे जम्मा ४ प्रतिशत

५ बर्ष अगाडि

बैंकहरुले मुद्धती निक्षेपको ब्याज ह्वात्तै घटाएका छन् । राष्ट्रबैंकले राष्ट्र बैंकले मुद्दती र बचतको ब्याज दरको अन्तर ५ प्रतिशतभन्दा बढी फरक हुन नपाउने ब्यवस्था गरेपछि बैंकहरुले मुद्धतीको ब्याज ह्वात्तै घटाएका हुन् । 

बैंकहरुले ब्याज घटाएपछि अर्थशास्त्रीहरुले केन्द्रीय अपरिपक्व नीतिका कारण निक्षेपकर्ताहरुलाई मर्का परेको भन्दै राष्ट्रबैंकको आलोचना गरेका छन् । 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षा गर्दै मुद्दती र बचतको ब्याज दरको अन्तर ५ प्रतिशतभन्दा बढी फरक हुन नपाउने ब्यवस्था गरेको थियो । यो व्यवस्था अनुसार ५ प्रतिशतको अंकुशले बचतको ब्याज थोरै माथि जान्छ भन्ने राष्ट्रबैंकको अपेक्षा थियो । तर भयो उल्टो, अर्थात बैंकहरुले बैंकहरुले बचतको ब्याज बढाउनुको साटो उल्टो मुद्दतीको ब्याज घटाइ दिए । 

सामान्यतया साधारण बचतको ब्याज दर मूल्य वृद्धिभन्दा केही माथि हुनु पर्ने भएपनि बैंकहरुले ब्याज घटाएर मूल्यवृद्धि दर र मुद्दती निक्षेपकै ब्याज हाराहारी आइसकेको छ।

एक वर्षे मुद्दतीमा साढे ९ प्रतिशत हाराहारी ब्याज पाएका निक्षेपकर्ताले अहिले अधितम साढे ७ प्रतिशत मात्र पाउने भएका छन् । 

एक वर्षे मुद्धतिमा २७ वाणिज्य बैंकमध्ये  एनएमबि बैंकको ब्याज साढे सात प्रतिशत छ। अरु सबैको त्यो भन्दा कम छ । अन्य बैंकमध्ये प्राईम, लक्ष्मी, माछापुछ्रे, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी), नविल, सनराइज, मेगा र कुमारी गरी ८ बैंकले सात प्रतिशत छ ।

सानीमा बैंकको ६.६० प्रतिशत छ भने सेन्चुरी, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश, कृषि विकास बैंक, हिमालयन, नेपाल बैंक, एनआईसी एसीया, सिद्धार्थ, एभरेष्ट र सिटिजन गरी  १० बैंकको ब्याज  साढे ६ प्रतिशत छ । सिभिल बैंकले एक वर्षे मुद्धतीको ब्याज ६.१० प्रतिशत निर्धारण गरेको छ भने नेपाल एसबीआई र ग्लोबल आईएमईले ६ प्रतिशत निर्धाण गरेका छन् ।

प्रभु र नेपाल ईन्भेष्टमेण्टबैंकको साढे पाँच, राष्ट्रिय वाणिज्यबैंकको साढे चार प्रतिशत ब्याज रहेको छ ।  स्टान्डर्ड चार्टर्ड बैंकले १ वर्षे मुद्धती निक्षेपको ब्याज सबैभन्दा कम अर्थात साढे ४ प्रतिशत निर्धारण गरेको छ । 

तीन महिने मुद्धतीमा त बैंकहरुले ब्याजदर तीन प्रतिशतसम्म झारेका छन् । तीन महिने मुद्धती निक्षेपमा सबैभन्दा कम स्टान्डर्ड चार्टर बैंकले ३ प्रतिशत ब्याज निर्धारण गरेको छ भने सिटिजन, सिद्धार्थ, सनराइज र लक्ष्मी बैंकले साढे ६ प्रतिशत निर्धारण गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया