काठमाडौं, नेपालको इतिहासमै सबैभन्दा ठूलो मानिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ करोड कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डले पुस १० गते(शुक्रबार) बैंकलाई अनुमति दिएको हो ।
हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा १२.३९५ ले नाफा घटेको हो । इन्फ्रास्ट्रक्चरको रिजर्भ कोषमा भने ८२।४४५ वृद्धि हुँदै १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । उक्त कम्पनीको आईपीओ प्रत्याभूतिकर्ताको जिम्वेवारी भने नागरिक लगानीकोषले पाएको छ ।
प्रतिक्रिया