प्रभु बैंकको क्यूआर कोडबाट सफा टेम्पोको भाडा तिर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं- प्रभु बैंकले मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुको भाडा  क्यूआर कोडमार्फत्  भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । 
अन्य बैंकका मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले समेत यो सेवा उपभोग गर्न सक्नेछन् । 

क्यूआर कोड सेवा बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुने बताइएको छ ।

यस्तैसफा टेम्पोमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ । बैंकले सञ्चालनमा ल्याएको यो क्यूआर कोड सेवाबाट यात्रु भाडा भुक्तानी गर्न लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया