काठमाडौं- ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न ब्रोकर व्यवसायीहरुले माग गरेका छन् । धितोपत्र बोर्डले आजदेखि लागू गरेको ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न माग राख्दै ब्रोकर व्यवसायीहरुले बोर्डमा ज्ञापनपत्र बुझाएका हुन् ।
ब्रोकर्स एसोसिएसनका पदाधिकारीले बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर आफुहरुले माग गरिएको सुझावलाई बेवास्ता गर्दै ब्रोकर कमिसन घटाइएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
साथै धितोपत्र दलाल व्यवसायीहरुको एकमात्र आम्दानीको स्रोत रहेको ब्रोकर कमिसनमा ३३५ देखि ६०५ सम्मले कटौती गरिएको निर्णयले हामी व्यवसायी अचम्मित, त्रसित र दुखी भएका भन्दै ध्यानाकर्षण पनि गराएका छन् ।
साथै, उनीहरुले सेयर खरिदबिक्री गरिएको रकमको सुनिश्चितताका लागि राफसाफ प्रत्याभूति कोष, अक्सन मार्केट लगायतको विकाससँगै ब्रोकरलाई प्रोप्राइटरी ट्रेडको व्यवस्था गर्न पनि बोर्डसँग माग गरेका छन् ।
प्रतिक्रिया